डर्टमन्डले हलान्डको लागि यति रकम माग्ने

हाल नर्वेजियन स्ट्राइकर अर्लिङ हलान्ड एक स्टारको रूपमा स्थापित भएका छन् र उनी माथि धेरै ठुलो क्लबहरूको नजर रहेको छ। हलान्डको नयाँ गन्तव्य ’bout दैनिक नयाँ समाचार आउने क्रम जारी छ भने जर्मन क्लब डर्टमन्डले उनलाई बेच्न आफ्नो माग पनि सेट गरेको छ।

खबर अनुसार उनको लागि बोरुसिया डर्टमन्डले €१८० मिलियनको माग गर्ने छ। केही वर्ष पछि उनको ६५ मिलियनको रिलिज क्लज सक्रिय हुने जानकारी छ तर त्यो समय पुग्नु भन्दा अगाडी उनको मूल्य डर्टमन्डले €१८० मिलियन राखेको छ।

हाल उनको नाम धेरै क्लब संग जोडिने गरेको छ। बार्सा, म्यान सिटी, रियल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्तो क्लबहरू उनलाई साइन गर्न इच्छुक रहेको धेरै चर्चा हुने गरेको छ भने उनको मूल्य हाल सार्वजनिक हुँदा केही क्लबहरूलाई गाह्रो हुन सक्ने देखा परेको छ।

२० वर्षका स्टार स्ट्राइकरको हाल प्रदर्शन निकै उत्कृष्ट रहेको छ भने उनले आफ्नो गोल गर्ने क्षमताको कारण ठुलो क्लबहरूको ध्यान आफूमा केन्द्रित गरेका छन्।