आइतबार राति भएको खेलमा पिएसजी लोरिएन्टसँग ३-२ गोल अन्तरले पराजित भएको थियो र सो खेलमा लोरिएन्टका खेलाडीहरूले जित पछि एर्लिङ हालान्डको शैलीमा सेलिब्रेट गरे जुन पेरिस सेन्ट-जर्मेनका खेलाडीहरूले डर्टमन्डबिरुद्धको जित पछि च्याम्पियन्स लिगमा गरेका थिए।
U remember 👀🤣 pic.twitter.com/tIsSwvnZvQ
— Neymar Jr (@neymarjr) February 1, 2021
लोरिएन्टको जित पछि लोरिएन्टका खेलाडीहरूको सो फोटो र हालान्डको फोटो ट्विटरमा पोस्ट गर्दै डर्टमन्डले पिएसजीको ट्रोल गरेका थिए।
पिएसजी प्रति डर्टमन्डको त्यो ट्रोलको नमारेले जवाफ दिए। नमारेले आफूले डर्टमन्ड विरुद्ध गोल गरे पछिको क्षणको फोटो राख्दै नमारेले फर्काएका थिए। उनले जवाफमा सो फोटो सहित लेखे “यो याद छ”
Lorient players really did the Erling Haaland celebration against PSG when they equalised 😳
They went on to win 3-2… pic.twitter.com/PXexdI5Ngu
— Football on BT Sport (@btsportfootball) January 31, 2021
हालान्डले गोल गरे पछि ध्यान गरेको जस्तो गरेर सेलिब्रेट गर्ने गर्छन् र पिएसजीका खेलाडीहरूले गत सिजन सो प्रकारको सेलिब्रेट डर्टमन्डबिरुद्ध गरे र हाल पिएसजी विरुद्ध लोरिएन्टका खेलाडीहरूले पनि सोही प्रकारको सेलिब्रेट गरेका थिए।