डर्टमन्डलाई नकआउट गरे पछि पिएसजी खेलाडीहरुले उडाए हालान्डको मजाक

पेरिस सेन्ट-जर्मेनका खेलाडीहरूले बोरुसिया डर्टमन्डलाई पराजित गरे पछि अर्लिङ हालान्डको ट्रेडमार्क सेलिब्रेशनको नक्कल उनको मजाक उडाएर गर्दै फोटो खिचेका छन्।

लिग १का पक्षले बोरुसिया डर्टमन्डलाईलाई च्याम्पियन्स लिगबाट नकआउट गरे पछि पेरिस सेन्ट-जर्मेनका खेलाडीहरुले हालान्डलाई लक्षित गर्दै सेलेब्रेशन गरे ।

कोरोनाभाइरसको डरको बीचमा खाली स्टेडियममा बह्येको खेलमा नेमार र जुआन बर्नाटको गोलमा पिएसजीले डर्टमन्डलाई नकआउट गरेको थियो।

पहिलो लेगको खेलमा दुबै गोलहरू हालान्डले गरेका थिए र उक्त गोल गरे पछि उनिले पिचमा बसेर ध्यान गरेको जस्तै गरेर सेलेब्रेशन गरेका थिए।

तर पिएसजीले दोस्रो लेगमा डर्टमन्डलाई हराउंदै सोहि सेलेब्रेशन हलान्डको बिरूद्ध प्रयोग गरे।

पिएमजीको ओपनर गोल गरेपछि नेमारले हलान्डको सेलेब्रेशनको नक्कल गरिसकेपछि थोमस टुचेलका टोलीले अन्तिम सीटी पछि ध्यान गरेको पोजको नक्कल गरे।