डर्टमन्डका स्टार साइन गर्न लिभरपूल र म्यान्चेस्टर युनाइटेड बीच प्रतिस्पर्धा हुने

बोरुसिया डर्टमन्ड स्टार जेडन सान्चो साइन गर्न लिभरपूल र म्यान्चेस्टर युनाइटेड बीच प्रतिस्पर्धा हुने खबर छ। जेडन सान्चो हाल फुटबलमा उत्कृष्ट युवा प्रतिभाहरु मध्ये एक हुन् र धेरै क्लबको चासो उनिमा रहेको छ।

उनलाई साइन गर्न सबैभन्दा बढी प्रयास युनाइटेडले गरेको थियो। यो सिजनको सुरुमा पनि युनाइटेडले उनलाई साइन गर्न धेरै प्रयास गरे पनि सफल भने हुन सकेको थिएन।

जनवरीको विन्डो नजिकै आउँदैछ र युनाइटेडले अझै पनि उनलाई साइन गर्न प्रयास गर्ने खबर रहेको छ तर अब लिभरपूल पनि उनलाई साइन गर्ने दौडमा सामेल हुने खबर रहेको छ।

बोरुसिया डर्टमन्डले सान्चोलाई बेच्न निकै गार्हो गरेको बेला लिभरपूलले पनि आफ्नो चासो देखाए पछि उनलाई साइन गर्न धेरै प्रतिस्पर्धा हुन सक्ने छ।

२० वर्षका स्टार माने र सलाहको दीर्घकालीन प्रतिस्थापन हुन सक्ने लिभरपूलको विश्वास रहेको छ भने युनाइटेड आफ्नो आक्रमण शक्ति सुधार गर्ने खोजमा छन्।