डर्टमन्डका स्टार साइन गर्न म्यान युनाइटेड यति ‘ठुलो’ रकम तिर्न तयार

म्यानचेस्टर युनाइटेड बोरुसिया डर्टमन्डका युवा स्टार जेडन सान्चो साइन गर्ने योजनाको साथ अघि बढिरहेका छन्।

द सनका अनुसार युनाइटेड र डर्टमन्ड बीच सम्झौता हुने धेरौ नजिक छ र खबर अनुसार युनाइटेड डर्टमन्डलाई £१०० मिलियन तिर्न तयार छन्।

कोच ओले गुन्नार अझै पनि आफ्नो आक्रमणकारी विकल्पहरू बढावा दिन चाहन्छन् र उनि युनाइटेडलाई आफ्नो ‘गौरवले खेल्ने’ दिनहरूमा फिर्तना लग्न चाहन्छन्।

पूर्व म्यानचेस्टर सिटीका युवा खेलाडी सान्चो ओले गुन्नार सोल्सजारको योजनाको लागि उपयुक्त छन।

सान्चोले यस सिजन १७ गोल गरेका छन् भने १६ अस्सिस्त पनि गरेका छन्।