डर्टमन्डका स्टार चेल्सीको मुख्य प्राथमिकता

यो सिजनको च्याम्पियन्स लिग विजेता चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको खबर छ। आउँदो गर्मीमा चेल्सीको लक्ष्य नयाँ स्ट्राइकर साइन गर्ने रहेको छ थोमास टुचेलको नेतृत्वमा चेल्सीमा स्ट्राइकरको कमी देखा परेको छ। हाल खबर अनुसार चेल्सीले डर्टमन्डका स्टार अर्लिङ हालाण्डलाई आफ्नो मुख्य प्राथमिकता बनाएको छ।

चेल्सीले इन्टर मिलानका स्टार लुकाकु साइन गर्न प्रयास गर्ने धेरै चर्चा रहेको थियो भने उनले इन्टर नछोड्ने भए पछि हाल चेल्सीले डर्टमन्डका स्टारलाई आफ्नो मुख्य प्राथमिकता बनाएको खबर छ।

स्ट्राइकरको खोजीमा रहेको चेल्सीको नजरमा रोमेलु लुकाकु, अर्लिङ हालाण्ड र ह्यारी केन रहेको धेरै चर्चा थियो भने हाल चेल्सीले आफ्नो पुरा ध्यान हालाण्डमा दिने जानकारी छ।

खबर अनुसार उनलाई साइन गर्न चेल्सी ठुलो रकम खर्च गर्न तयार हुने छ। उनको लागि जर्मन क्लबले £१५४ मिलियन माग्ने छ र सो रकमको लगानी गर्न चेल्सीका मालिक इच्छुक छन्।

हालाण्ड हाल फुटबलको एक सुपर स्टार मध्ये एक रहेका छन्। डर्टमन्डमा उनको निकै उत्कृष्ट प्रदर्शन रहेको छ भने यो सिजन उनले डर्टमन्डमा ४१ खेलमा ४१ गोल गरेका छन् भने उनले १२ असिस्ट पनि प्राप्त गरेका छन्। उनलाई साइन गर्न अन्य धेरै क्लबहरू पनि इच्छुक छन्। रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र बार्सिलोना जस्तो क्लबहरूको नाम उनी सँग जोडिएको बेला चेल्सीले उनलाई मुख्य प्राथमिकता बनाउने खबर छ।