डच खेलाडी भित्र्याउने दौडमा लिभरपुल र डोर्ट्मण्ड

एजेन्सी, डच क्लब पि.एस.भिका खेलाडी डनयेल मालेन भित्र्याउने दौडमा इङलिस क्लब लिभरपुल र जर्मन क्लब डोर्ट्मण्ड रहेका छन्। रिपोर्टका अनुसार इटालीयन क्लब ए.सि मिलान पनि उनलाई भित्र्याउन इच्छुक भनिएता पनि हाल उनलाई भित्र्याउने दौडमा लिभरपुल र डोर्ट्मण्ड मात्र रहेका छन्।

२२ वर्षका डच स्ट्राइकर मालेनको मूल्य करिब ३० मिलियन युरो रहेको भनिएको छ। युवा खेलाडीका लागि उक्त मुल्य दुवै क्लबका लागि आकर्षक रहेको देखिन्छ। रिपोर्टका अनुसार लिभरपुल मालेनका एजेन्ट मिनो रायोलासंँग सम्पर्कमा पनि रहेका छन्। मालेन २०२४ सम्म पि.एस.भिमा अनुबन्ध छन्।
मालेनले पि.एस.भिका लागि ११६ खेलमा ५५ गोल गरि सकेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि १३ खेलमा २ गोल गरि सकेका छन्। उनी २०१७ मा अर्का इङलिस क्लब आर्सनलबाट पि.एस.भिमा अनुबन्ध भएका थिए।