डच क्लबले यो सिजन जितेको लिग ट्रफीलाई टुक्रा गर्दै फ्यानहरूलाई दिने

यो सिजनको डच फुटबल लिगको विजेता एएफसी एज्याक्सले आफ्नो लिग ट्रफीलाई टुक्रा गर्दै फ्यानहरूलाई बाँड्ने घोषणा गरेको छ। एज्याक्सले आफ्नो इरेडिभिसीको ट्रफीलाई पग्लाएर ४२०००वटा चाँदीको ताराहरूको टुक्रामा परिवर्तन गर्दै क्लबका सिजन-टिकट धारकहरूलाई सम्मानको रूपको उपहार दिने खबर छ।

डच क्लबले यो सिजन पनि लिग जितेको छ। यो सिजन महामारीको कारण खाली स्टेडियममा खेल्न बाध्य रहेको एज्याक्सले फ्यानहरूको सम्मानको रूपमा लिग ट्रफीलाई टुक्रा गर्दै फ्यानहरूलाई दिने बताए।

बुधवार सामाजिक सञ्जालहरूमा एक भिडियोको मार्फत डच फुटबल लिगको विजेता एएफसी एज्याक्सले आफ्नो लिग ट्रफीलाई टुक्रा गर्दै फ्यानहरूलाई बाँड्ने घोषणा गरे। उक्त भिडियोमा एज्याक्सका फुटबलका निर्देशक मार्क ओभरमार्सले ट्रफीलाई पग्लनुको लागि लागेको देख्न सकिन्छ र उक्त ट्रफीलाई पग्लाएर ४२०००वटा ‘च्याम्पियन स्टारहरू’ मा परिवर्तन गरेको देख्न सकिन्छ।

फ्यानहरू प्रति डच क्लबको उक्त सम्मानको हाल धेरै चर्चा हुँदै गरेको छ भने फुटबल फ्यानहरूले एज्याक्सको सो निर्णयको प्रशंसा गरेको छ।