ट्रेन्टद्वारा लिभरपुलसंग नया सम्झौता

एजेन्सी, लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्सान्डर आर्नल्डले क्लबसंग नया सम्झौता गरेको छ । उनले लिभरपुलसंग दीर्घकालीन सम्झौता गरेको हो ।

२२ बर्षिय डिफेन्डर लिभरपुलको एकेडेमी हुँदै सिनियर टोलिमा पर्न सफल भएको हो । उनी हाल क्लबको पहिलो रोजाइको राइट ब्याक हुन ।

उनले सम्झौता नविकरण गर्न पाउँदा क्लबले उनिमा बिश्वास गरेको बताउ छन ।

” यो मेरो लागि गौरवको बिषय हो । क्लबले बिश्वास गरेर मलाइ नया सम्झौताको प्रस्ताव राख्यो र मैले केही नसोची हस्ताक्षर गरि दिए ” ।

आर्नल्डले २०१६ मा लिग कप दौरान टोटेन्हमविरुद्ध खेल्द डेब्यु गरेका थिए । उनले डेब्यु गरे यता १७९ खेल क्लबका लागि खेली सकेका छन ।

त्येस्तै, क्लबको लागि १० गोल गर्दै च्याम्पियन्स लिग, प्रिमियर लिग, क्लब विश्व कप र युइएफए सुपर कप जितिसकेका छन ।

उनी २०१९ मा बालोन डो ओरको सुचीमा समेत पर्न सफल भएको थियो ।