ट्रायल दिन युरोप जाने भएपछि विमलले घरेलु लिग नखेल्ने

स्ट्राइकर विमल घर्ती मगरले सहिद स्मारक ‘ए’ डिभिजन लिगका बाँकी खेलहरु नखेल्ने भएका छन् । ट्रायलको लागि बेल्जियम जान पर्ने भएपछि च्यासल युथ क्लबले फरवार्ड विमल घर्तीमगरसँगको सम्झौता फुकुवा गरेको हो ।

आफूलाई विदेशबाट ट्रायलको लागि प्रस्ताव आएको भन्दै क्लबसँगको सम्झौता फुकुवाको लागि माग गरेका थिए । उनैको माग बमोजिम क्लबले सम्झौता फुकुवा गरेको हो । उनी मंगलबार बिहान भएको क्लबको अभ्यास सत्रमा पनि अनुपस्थित थिए ।

विमलले यसअघि पनि बेल्जियमको आरएससी एन्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल दिएका थिए ।