“ट्राफीहरू जित्नु चेल्सीको एक विशेषता हो”

चेल्सीका कप्तान सेसार एजपिलिकुइटा भन्छन कि ट्राफी जित्नु भनेको क्लबको एक हिस्सा हो।

२०१० देखि चेल्सीले १० ठूला ट्राफी जितेका छन, जुन संयुक्त रुपमा इङ्ल्यान्डको क्लबको लागि सबैभन्दा बढी हो।

“मलाई लाग्छ यस अवधिभरि चेल्सीको एउटा विशेषता ट्राफीहरू जित्ने हो र हामीले कहिँ पटक निजिते पनि हाम्रो ट्राफीहरूको खडेरी लामो हुने गरेको छैन।” एजपिलिकुइटाले चेल्सी म्यागजिनलाई बताए।

“यो स्पष्टतः रुपमा क्लबको महत्वाकांक्षाको ठूलो हिस्सा हो, जुन सँधै ट्राफीहरू जित्ने लक्ष्य राख्नु हो, र यो त्यस्तो कुरा हो जुन हामीले इङ्ल्यान्डमा मात्र नभई युरोपमा पनि गरेका छौं, च्याम्पियन्स लिग र दुई पटकको यूरोपा लिगसँग।

“म आइपुगे पछि हामीले धेरै चोटि प्रिमियर लिग जितेका छौं, त्यसैले मलाई लाग्छ कि यो हाम्रो डीएनएमा छ कि हामी सँधै ट्रफीको लागि स खेल्ने गर्छौं र आशा छ कि हामी यस दिशातर्फ लामो समय जाने छौं।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ