नियम मिचेर सडकमा रोकिएको गृह मन्त्रालयका सह-सचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले प्रयोग गर्ने सरकारी गाडीलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ ।
सिंहदरबारको पूर्वी गेट अगाडिको सडकमा अनाधिकृत रुपमा पार्किङ गरेर गाडी राखिएको सरकारी गाडीलाई लक हालेर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी जवानले कारवाही गरेका थिए।
ती ट्राफिक प्रहरीलाई युवाहरुले वान ह्वान्ड्रेड्स नामको ग्रुपका सदस्यसहितका युवाले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा लक लगाएपछि गृहका कर्मचारीको हप्कीदप्की पनि खेपेका टीकाराम बुढा र जवान कमलेश कुमारले एक हजार रूपैयाँ जरिवाना तिराएर मात्रै छाडेका थिए। गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुवेदीसहिका कर्मचारी पार्किङ निषेध गरिएको स्थानमा सरकारी गाडी राखेर खाना खान होटल छिरेका थिए । त्यही बेला प्रहरीले उनको गाडीमा लक लगाएको थियो ।
गृहकै हाकिमको गाडीमाथि कारवाही गरेर चर्चित भएका ती ट्राफिक प्रहरीलाई युवाहरुले वान ह्वान्ड्रेड्स नामको ग्रुपका सदस्यसहितका युवाले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् । ती ट्राफिकले ह्वील लक गरेपछि गृहका कर्मचारीले कारवाही गर्ने भन्दै धम्क्याएका थिए।