ट्रान्सफर विन्डोमा £२०० मिलियन खर्च गर्ने म्यान सिटीको तयारी

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले अर्को ग्रीष्मको ट्रान्सफर विन्डोमा £२०० मिलियनको बजेट पाउने कुरा छ र सिटीको ट्रान्सफर लक्ष्यमा एर्लिङ हालान्ड र लुकाकु रहेको खबर छ।

सिटीमा आक्रमणकारी पुनर्निर्माणको आवश्यकता रहेको पेपको विश्वास छ र क्लबमा सर्जियो अगुएरोको भविष्यको अनिश्चित हुँदा सिटीले नयाँ खेलाडीहरु साइन गर्ने योजना बनाएको छ।

खबर अनुसार सिटीले आफ्नो कोच पेपलाई £२०० मिलियनको बजेट दिने छ। पेपको मुख्य लक्ष्य डर्टमन्डका स्टार हालान्ड हुने खबर छ भने सिटीले इन्टर मिलानका स्टार लुकाकु पनि साइन गर्ने कुरा छ।

सिटी ३२ बर्सका सर्जियो अगुएरोको प्रतिस्थापनको खोजीमा रहेका छन्।