ट्रान्सफर विन्डोमा पिएसजी धेरै सक्रिय- यी ५ खेलाडीहरू साइन गर्न सफल

हालको ट्रान्सफर विन्डोमा फ्रेन्च क्लब धेरै सक्रिय रहेको छ। हालै इन्टर मिलानका स्टार राइट ब्याक अच्राफ हाकिमीले आफू पिएसजीमा अनुबन्ध भएको पुष्टि गरेका छन् र हाल सम्म पिएसजीले ५ खेलाडीहरू साइन गरेको छ जसमा ४ खेलाडीहरू ‘हाइ प्रोफाइल’ खेलाडीहरू रहेका छन्।

हाल सम्म ३ खेलाडीहरूको ट्रान्सफरको आधिकारिक रुपमा पिएसजीले घोषणा गरेको छ जसमा इन्टरका २२ वर्षका अच्राफ हाकिमी रहेका छन् उनलाई पिएसजीले €६० मिलियन र थप बोनस रकममा साइन गरेको छ र उनको सम्झौता २०२६ सम्म हुने छ।

पिएसजीले लिभरपुलका ३० वर्षका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डमलाई पनि साइन गरेको छ। पिएसजीले उनलाई लिभरपुलबाट फ्री एजेन्टको रुपमा साइन गरेको हो र उनको सम्झौता २०२४ सम्म हुने जानकारी छ।

पिएसजीले एफ सी पोर्टोका २९ वर्षका रक्षात्मक मिडफिल्डर डानिलो परेरा पनि साइन गरेको छ। उनको लागि पिएसजीले १६ मिलियन तिरेको खबर छ र उनको सम्झौता २०२५ सम्म हुने छ।

पिएसजीले एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्मालाई पनि साइन गरेको छ भने रियलका लेजेण्ड डिफेन्डर रामोसलाई पनि साइन गर्न धेरै नजिक पुगेको जानकारी छ। दुवै खेलाडीलाई पिएसजीले फ्री एजेन्टको रुपमा साइन गरेको छ।

हाल डोनारुम्मा युरो कपमा व्यस्त छन् भने रामोसको चाडै मेडिकल हुने जानकारी छ र पिएसजीले दुवैको ट्रान्सफर ’bout चाडै आधिकारिक रुपमा घोषणा गर्ने खबर छ।