ट्रान्सफर रेकर्ड तोड्दै स्टार स्ट्राइकर साइन गर्ने योजनामा चेल्सी

गत ट्रान्सफर विन्डोमा प्रिमियर लिगको ट्रान्सफर रेकर्ड तोड्दै चेल्सीले ब्राइटनबाट मोइसेस काइसेडोलाई £११५ मिलियनमा साइन गरेको थियो भने हाल रिपोर्ट अनुसार चेल्सी आउँदो ट्रान्सफर विन्डोमा नयाँ स्ट्राइकर साइन गर्न उक्त रेकर्ड पनि तोड्न सक्ने जानकारी छ।

 

रिपोर्ट अनुसार आउँदो जनवरीको ट्रान्सफर विन्डोमा चेल्सीले नापोलीका स्टार स्ट्राइकर भिक्टर ओसिमहेनलाई साइन गर्न प्रयास गर्ने छ भने उनको लागि नापोलीले £१२० मिलियन सम्मको माग राख्न सक्ने छ जसले उनलाई प्रिमियर लिगको रेकर्ड ट्रान्सफर बनाउने छ ।

गत सिजन ओसिमहेनले नापोलीको लागि ३१ गोल गर्दै नापोलीलाई ३३ वर्षमा पहिलो लिग उपाधि दिलाउन मद्दत गरे भने उनको उत्कृष्ट प्रदर्शनको कारण धेरै क्लबहरूको नजर उनी माथि रहेको छ।

चेल्सी सहित प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल पनि उनलाई साइन गर्न इच्छुक रहेको छ तर उनको मूल्यको कारण उनलाई साइन गर्न क्लबहरूलाई गाह्रो भएको बेला चेल्सी उनलाई ट्रान्सफर रेकर्ड तोड्दै साइन गर्न तयार हुने जानकारी छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ