प्रिमियर लिग क्लब आर्सनल आफ्नो ट्रान्सफर रेकर्ड तोड्दै स्टार इङ्ग्लिस मिडफिल्डर डेक्लन राइसलाई साइन गर्न नजिक पुगेको जानकारी छ भने उनको लागि आर्सनलले १०० मिलियन ब्रिटिस पाउन्ड सम्म तिर्ने रिपोर्ट रहेको छ।
The fee for Declan Rice is expected to be £92m plus £10m in add-ons if Arsenal win the Premier League or Champions League.
Declan Rice is set to become Arsenal’s most expensive signing ever, breaking Nicolas Pepe’s record transfer of £72million. #afc pic.twitter.com/aHJvVc4e0K
— now.arsenal (@now_arsenaI) June 13, 2023
वेस्ट ह्यामका स्टार मिडफिल्डर डेक्लन राइस माथि धेरै समय देखि आर्सनलको नजर रहेको थियो भने हाल खबर अनुसार गनर्सले यस हप्ता भित्र उनलाई साइन गर्ने छ। डेक्लन राइस वेस्ट ह्यामको लागि महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन् तर राइस क्लब छोड्न इच्छुक रहे उनलाई नरोक्ने वेस्ट ह्यामले आश्वासन दिएको छ ।
रिपोर्ट अनुसार आर्सनलले वेस्ट ह्यामलाई यो हप्ता भित्र £९० मिलियन प्लस £१५-२० मिलियनको प्रस्ताव पठाउने र वेस्ट ह्यामले उक्त प्रस्ताव स्वीकार गर्ने निकै राम्रो सम्भावना रहेको जानकारी छ। यो भन्दा अगाडी आर्सनलको रेकर्ड ट्रान्सफर विन्डो विंगर पेपेमा रहेको थियो जसको लागि आर्सनलले £७२ मिलियन तिरेको थियो।
🗞️| A £100m plus bid from Arsenal for Declan Rice is believed to be imminent, with an offer expected this week. The deal is understood to be a guaranteed £90m with £15-20m performance based add-ons. [Claret and Hugh] #afc pic.twitter.com/8ijYqoKFt7
— Arsenal Buzz (@ArsenalBuzzCom) June 13, 2023
वेस्ट ह्यामले यो सिजन युरोप कन्फेरेन्स लिग जितेको थियो र वेस्ट ह्याममा यो सिजन डेक्लन राइसको प्रदर्शन निकै महत्त्वपूर्ण रह्यो तर राइस यस ट्रान्सफर विन्डो क्लब छोड्न इच्छुक रहेको र उनको चाहना मिकेल आर्टेटाको नेतृत्वमा आर्सनलमा खेल्ने रहेको चर्चा छ।
उनलाई साइन गर्न जर्मन क्लब बायर्न म्युनिख र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि इच्छुक रहेको थियो तर राइसको प्राथमिकता आर्सनल हुने खबर छ।