ट्रान्सफर मार्केटमा धेरै खर्च गरेको चेल्सी र सिटीको जर्जेन क्लोपद्वारा आलोचना

जर्जेन क्लोपले हालको ट्रान्सफर मार्केटमा लिभरपूलको निष्क्रियताबारे बोलेका छन् र जोर दिए कि उनको क्लब लिभरपुल धनी रूसी व्यापारी वा अन्य देशद्वारा सञ्चालित छैन।

सिजनको सुरु हुनु अगाडी चेल्सी, सिटी जस्तो टिमले नयाँ खेलाडी साइन गर्दै गरेको समय लिग च्याम्पियन रेड्सले भने नयाँ खेलाडीको रुपमा कोस्तास सिमिकसलाई मात्र साइन गरेको जसको बारे क्लोपले बीबीसीस्पोर्ट् संग कुरा गर्दै बोलेका छन्।

उनले आफ्नो क्लबको पक्षमा बोल्दै चेल्सी र सिटी जस्तो क्लबलाई अप्रत्यक्ष रुपमा आलोचना गरे।

“हामी यस संसारमा यस समय धेरै अनिश्चितताको साथ बाँचिरहेका छौं” जर्मनले भने

“केही क्लबहरूका लागि भविष्य कत्तिको अनिश्चित छ भन्ने कुरा कम महत्वपूर्ण देखिन्छ। त्यो क्लबहरु जो धनी रूसी व्यापारी वा अन्य देशद्वारा सञ्चालित छन् , यो सत्य हो।

“हामी छुट्टै किसिमका क्लब हौं। दुई वर्ष अघि हामी च्याम्पियन्स लिग फाइनलमा पुगेका थियौं, हामीले गत बर्ष जित्यौं र प्रिमियर लिग च्याम्पियन बन्‍यौं।

हामी यसलाई रातारात परिवर्तन गर्न सक्दैनौं र ‘अब हामी चेल्सी जस्तो व्यवहार गर्न चाहन्छौं, अब हामी उनीहरू जस्तै व्यवहार गर्न चाहन्छौं भन्न मिल्दैन।’

“यो एक फाइदा हुन सक्छ, तर यसको मतलब खेलाडीहरु क्लबमा अरु सँगै धेरै चाँडै फिट हुनु पर्छ।

“यो गुणस्तरको खेलाडी ल्याउने बारे होइन, तपाईं विश्वका ११ सर्वश्रेष्ठ खेलाडीहरू ल्याउन सक्नुहुन्न र केवल एक हप्ता पछि उनीहरूले सर्वश्रेष्ठ फुटबल खेल्ने आशा गर्न सक्छौ।”

“यो तालिमको समय मैदानमा सँगै काम गर्ने बारेमा हो, जुन सम्भवतः हाम्रोलागि फाइदाजनक हुनेछ, हामी एक अर्कासँग धेरै समय काम गरेका छौ।

हाल लिभरपुलले थिएगो अल्कान्ट्रा साइन गर्ने प्रयास गर्दै गरेको छ तर लिभरपुलको यो बर्सको बजेट धेरै नरहेको खबर छ र क्लबले आफै उत्पन्न गरेको राजस्व प्रयोग गरि क्लबलाई आत्मनिर्भर बनाउने क्लब मालिकहरुको विचारधारा रहेको छ।