ट्रफी जिते पछि किन गोल पोस्टको नेट काट्ने गर्छन पिके?

एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै बार्सिलोनाले कोपा डेल रे जितेको छ। उक्त खेलबाट धेरै फोटोहरू आयो तर एउटा फोटोको बारे हाल धेरै चर्चा भएको छ जसमा बार्साका स्टार डिफेन्डरले गोल पोस्टको नेट काट्दै गरेको देख्न सकिन्छ।

 

उक्त फोटो देखे पछि धेरैको मनमा धेरै प्रश्न खडा भएको छ र उनले सो किन गरेको भनेर धेरै जना आश्चर्यचकित भएका छन्।

तर उनले सो कुरा पहिलो पटक गरेको भने हैनन्। उनले २०१५मा च्याम्पियन्स लिगमा युभेन्टस विरुद्धको फाइनल जिते पछि पनि गोल पोस्टको नेट काटेका थिए भने उनले २०१७को कोपा डेल रे उपाधि पछि पनि नेट काटेका थिए र उपाधि जिते पछि नेट काट्ने चलन बास्केटबलबाट सुरु भएको हो।

उक्त चलन बास्केटबलमा एनबीएका खेलाडीहरूबाट सुरु भएको थियो। प्ले अफ फाइनल जिते पछि खेलाडीहरूले हुपबाट नेट उक्त जितको यादमा टोकनको रूपमा नेट लाग्ने गर्छन् । पिके पनि बास्केटबल फ्यान हुन् र बार्साको बास्केटबल क्लब पनि रहेको छ। पिकेले ट्रफी जिते पछि सङ्ग्रहको रूपमा उक्त स्टेडियमको गोल पोस्ट नेट लाग्ने गरेका छन्।

फुटबलमा नेट काटेर लाग्ने पिके भने फुटबलमा एक्लै हैनन् उनको टिम मेट सर्जियो बुसकेट्स र रियलका कप्तान सर्जियो रामोसले पनि उपाधि जिते पछि वा गोल गरे नेट काटेको फोटो भाइरल भएको थियो।