ट्यामी एब्राहमका लागि चेल्सी र रोमा बिच सम्झौता

एजेन्सी, इङलिस खेलाडी ट्यामी एब्रह्यामका लागि इङलिस क्लब चेल्सी र इटालियन क्लब रोमा बिच सम्झौता भएको छ। रिपोर्टका अनुसार एब्रह्याम ४५ मिलियन युरोमा चेल्सीबाट रोमामा अनुबन्ध हुनेछन्।

इङलिस क्लब आर्सनल, एस्टन भिला र वेस्ट ह्याम उनलाई भित्र्याउन इच्छुक रहेको भनिएका थिए। चेल्सीका प्रशिक्षक थमस टुशल गत सिजन चेल्सीमा आए देखि उनले पर्याप्त खेल समय पाउन सकेका छैनन्। चेल्सीको नजर महँगा फर्वार्डहरु माथी परेकाले क्लब उनलाई बेच्न इच्छुक रहेको देखिएको थियो।
२३ वर्षका इङलिस खेलाडी ट्यामी एब्रह्याम चेल्सीको एकेडेमीकै उत्पादन हुन्। उनले चेल्सीका लागि ८२ खेलमा ३० गोल गरि सकेका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि पनि उनले ६ खेलमा १ गोल गरि सकेका छन्।