ट्यामी एब्रह्याम भित्र्याउन रोमा सफल

एजेन्सी, इङलिस खेलाडी ट्यामी एब्रह्याम इटालियन क्लब रोमामा अनुबन्धित भएका छन्। रिपोर्टका अनुसार एब्रह्याम २०२६ सम्मका लागि करिब ४५ मिलियन युरोमा चेल्सीबाट रोमामा अनुबन्ध भएका हुन्। 

एब्रह्यामको पारिश्रमिक प्रती सिजन करिब ४/५ मिलियन युरो हुने भनिएको छ। एब्रह्यामका लागि चेल्सी र रोमा बिच भएको उक्त सम्झौतामा “बाइ ब्याक” क्ल्ज पनि रहेको भनिएको छ जसको मद्दतले चेल्सीले उनलाई पुनः अनुबन्ध गर्न सक्नेछन्। रिपोर्टका अनुसार उक्त क्ल्ज भने २०२३ बाट मात्र लागू हुनेछ जसको मद्दतले चेल्सीले उनलाई करिब ८० मिलियन युरोमा पुनः अनुबन्ध गर्न सक्नेछन्।
२३ वर्षका इङलिस खेलाडी ट्यामी एब्रह्याम चेल्सीको एकेडेमीकै उत्पादन हुन्। उनले चेल्सीका लागि ८२ खेलमा ३० गोल गरेका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि पनि उनले ६ खेलमा १ गोल गरि सकेका छन्।