यस्तो खतरनाक ट्याकलहरूको सिकार हुने गर्छन् नेमार

फ्रेन्च लिग वानमा सेन्ट-एटिन र पेरिस सेन्ट जर्मेन बिचको खेलमा नेमार चोट ग्रसित हुन पुगेका थिए र चोटका कारण नेमार ६ हप्ता सम्मका लागि मैदानमा उत्रन नसक्ने खबर रहेको छ। नेमार धेरै चोट ग्रसित हुने गरेको भनेर धेरै आलोचना हुने गरेको छ तर नेमार खतरनाक ट्याकलको सिकार बन्ने गरेका छन् र सेन्ट-एटिन विरुद्ध पनि यही कथा रहेको थियो।

नेमारको चोट पछि धेरैले उनकै आलोचना गरेको थियो भने उनले डाइभ गर्ने र उनी ‘क्राइ बेबी’ रहेको भनेर धेरैले कमेन्ट गरे गरेको छ तर उनी धेरै चोट ग्रसित हुनुको कारण उनी माथि हुने खतरनाक र खराब ट्याकल हरु रहेको छ। उनी सँग बल छलाउने निकै उत्कृष्ट प्रतिभा रहेको जुन ब्राजिलियनहरूको ट्रेडमार्क हो।

उनी आफ्नो उत्कृष्ट स्किल देखाउने क्रममा खतरनाक र लापरवाह ट्याकलहरूको सिकार हुने गर्छन् जसको कारण उनी धेरै पटक चोट ग्रसित भएका छन्।

यो ’bout उनको बुबाले पनि धेरै समय अघि बोलेका थिए र फुटबलमा यस्तो चल्दै गरे फुटबलले धेरै स्टारहरू गुमाउने उनले दाबी गरेका थिए।

हाल एक भिडियो भाइरल हुँदै गएको छ जसले देखाउँदछ कि नेमार धेरै खतरनाक ट्याकलहरुको सिकार हुने गर्छन्।