टोरेस बार्सिलोनामा अनुबन्धित

एजेन्सी । म्यान्चेस्टर सिटिका २१ वर्षिय स्पेनिस विङ्गर फेरान टोरेस बार्सिलोना अनुबन्धित भएको छ । उनले बार्सिलोनासंग २०२७ सम्मको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

उनलाई भित्र्याउन बार्सिलोनाले ४६.३ मिलियन पाउन्ड खर्चेका छन । भ्यालेन्सियाबाट १८ महिना अगाडि सिटि आएका टोरेस पुर्ण स्पेन फर्केको हो ।

क्लबले उनको रिलिज क्लज १ बिल्यन युरो हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, बार्सिलोनाले ला लिगाको वित्तिय नियमनमा रहन केहि खेलाडिलाई बिक्रि गर्नु पर्ने हुन्छ ।

सिटिका प्रशिक्षक पेप गुवार्डिओलाले गत बिहिबार पत्रकार सम्मेलनमा टोरेस बार्सिलोना जाने स्पष्ट पारेका थिए ।

उनले सिटिका लागि ४३ खेलमा १६ गोल गरेका छन ।

टोरेसले जारी सिजनको सुरुआती ६ खेलमा प्लेइङ सेटमा परे पनि बाकी खेल बेन्चमा रहनु परेको थियो ।

बार्सिलोनाका नया प्रशिक्षक जाभीको प्राथमिक खेलाडिका रुपमा टोरेसलाई अनुबन्धित गरेको हो ।