टोनी क्रुसले गरे चेल्सीका खेलाडीको व्यंग्य

रियल म्याड्रिडका स्टार टोनी क्रुसले चेल्सीका मेसन माउन्टको भनाइलाई लक्षित गर्दै जवाफ दिएका छन्। रियल म्याड्रिड र चेल्सी बीचको दोस्रो लेगको खेल अगाडी टोनी क्रुसले दोस्रो लेगको खेलको लागि आफूमा डर नरहेको दाबी गरेका थिए। उनले चेल्सीको कुनै खेलाडीले आफ्नो निन्द्रामा असर नगर्ने बताएका थिए।

दोस्रो लेगमा चेल्सीको जित पछि चेल्सीका स्टार मेसन माउन्टले टोनी क्रुसको उक्त दाबीलाई लक्षित गर्दै बोलेका थिए। “मैले उनीहरूका एक खेलाडीले भनेको सुने उनले हाम्रो कुनै पनि खेलाडीको कारण निन्द्रा नगुमाउने भने। हुनसक्छ उनले अब हामी एक टोलीको रूपमा रहेकोबाट निद्रा गुमाउनेछ।”

मेसन माउन्टको उक्त कुराबाट रियलका स्टार टोनी क्रुस पक्कै पनि धेरै खुसी थिएनन् र उनले ट्विटर मार्फत मेसन माउन्टलाई जवाफ दिए। जवाफ दिने क्रममा उनले चेल्सीका खेलाडीलाई पहिलो च्याम्पियन्स लिग फाइनल खेल्न लागेकोमा ‘गुड लक’ भने जसलाई धेरैले उनको ‘सूक्ष्म व्यङ्ग्य’ को रूपमा लिएका छन् भने उनले आफू अझै राम्रो सँग सुत्दै गरेको बताए। ।

माउन्टको भनाइ बारे उनले पोस्ट गर्दै लेखे:” “अझै राम्रो सँग सुत्दै छु। तर हिजो राम्रो खेल भयो। बधाई। पहिलो च्याम्पियन्स लिग फाइनलको लागि शुभकामना।”

अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल खेल्नेछ । उसले सन् २००८ मा म्यानचेस्टर युनाईटेड सँग पेनाल्टी सुट आउटमा उपाधि भिडन्त गुमाएको थियो । त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो ।चेल्सीले च्याम्पियन्स लिगकाे उपाधिका लागि प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी सँग प्रतिस्पर्धा गर्नेछ ।