टोनी क्रुसद्वारा अउबमेयाङको अनौठो रुपमा आलोचना

रियल म्याड्रिडका स्टार मिडफिल्डर टोनी क्रुसले अनौठो रुपमा अउबमेयाङको आलोचना गरेका छन्। क्रुसले आर्सनलका स्टार पिएरे–एमरिक अउबमेयाङले गोल पछि गर्ने रोचक सेलेब्रस्शनलाई लिएर उनको आलोचना गरेका छन्।

पिएरे–एमरिक अउबमेयाङ गोल पछि रोचक रुपले सेलेब्राशन गर्ने गर्छन उनले स्पाइडरम्यान, डेडपूल र ब्ल्याक पैन्थर जस्तो चरित्रको मास्क लगाएर सेलेब्राशन गरेका छन् र सो बारे रियल म्याड्रिडका स्टार मिडफिल्डर टोनी क्रुसले अउबमेयाङको आलोचना गरेका छन्।

“यदि गोल पछि कोहि त्यहाँ नाच वा नृत्य चित्रहरू गर्छ भने मलाई यो साह्रै मूर्ख लाग्छ,” क्रुसले आइनाफाच मल लुप्पेन पोडकास्टमा भने ।

“त्यो भन्दा झन् नराम्रो कुरा वस्तुहरू लुकाएर गोल पछि सेलिब्रेशनको रुपमा प्रयोग गर्ने हो।

“अउबमेयाङले एक पटक गोल गरे पछि मास्क लगाएर सेलेब्रेशन गरे। मेरो लागि यो त्यहि समाप्त हुन्छ। मलाई लाग्दैन कि त्यो एक राम्रो आदर्श हो, यो एक मूर्खता हो।

“मलाई सँधै राम्रो लागेको भने गर्ड मुलरको गोल पछिको सेलेब्रेशन हो। उनि उफ्रिने गर्थे , आफ्नो पेन्ट्स तान्ने गर्थे । त्यो वास्तविक खुशी हो, कुनै ठूलो कुरा होइन।”

२०१९मा अउबमेयाङले गोल गरे पछि ब्ल्याक पैन्थरको मास्क लगाई सो चलचित्रका अभिनेता चाडविक बोसेम्यानको मृत्यु प्रति आफ्नो दु: ख ब्यक्त गरेका थिए।