टोनी क्रुसले स्पेनिस क्लब रियल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् ।
नयाँ सम्झौता अनुसार ३३ वर्षीय क्रुस सन् २०२४ को जुन ३० सम्म रियलमा रहने छन् ।
क्रुस सन् २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट सान्टियागो बर्नाबेउ भित्रिएका थिए ।
Official, confirmed. Toni Kroos signs new deal at Real Madrid valid until June 2024 as it was already completed in March. 🚨⚪️🇩🇪 #RealMadrid
Kroos stays — wanted by Ancelotti and Florentino Pérez. pic.twitter.com/SxtqovJixI
— Fabrizio Romano (@FabrizioRomano) June 21, 2023
रियालकम लागि क्रुसले चार च्याम्पियन्स लिग, पाँच क्लब विश्वकप, तीन स्पेनिस ला लिगा, चार युरोपियन सुपर कप, तीन स्पेनिस सुपर कप र एक कोपा डेल रे उपाधि जितेका छन् ।