टोट्टनहाम समर्थकहरू माथि रेसिज्म को आरोप

इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामले आफ्ना दक्षिण कोरियाली खेलाडी सन ह्युङ मिनमाथि जातीय दुर्व्यवहार गर्ने समर्थकको खोजी भइरहेको बताएको छ । 
आइतबार राति वेम्बलीमा भएको म्यानचेस्टर युनाइटेड र टोट्टनहामबीचको खेलपछि समर्थकबाट आफूमाथि दुर्व्यवहार भएको आरोप २६ वर्षीय सनले लगाएका छन् । उक्त खेलमा टोट्टनहाम १—० गोलले पराजित भएको थियो ।‘

हामी आफ्ना दक्षिण कोरियाली खेलाडी सनमाथि भएको जातीय दुर्व्यवहारको विषयमा आवश्यक छानबिन गरिरहेका छौं’, टोट्टनहामका प्रवक्ताले भनेका छन्, ‘जातीय वा अन्य कुनै पनि प्रकारकादुर्व्यवहारको घटना क्लबका लागि सह्य छैन ।’

‘सनलाई दुर्व्यवहार गर्ने समर्थक कुन क्लबका थिए भन्ने बारेमा पनि हामी अनुशन्धान गरिरहेका छौं’, प्रवक्ताले भनेका छन्, ‘दोषीमाथि पक्कै कारवाही हुनेछ ।’ 
गत महिना लन्डन डर्बीका क्रममा टोट्टनहामका समर्थकले आर्सनलका खेलाडीमाथि केरा फालेका थिए । ती समर्थकलाई जरिवाना तिराउनुका साथै चार वर्षसम्म रंगशाला प्रवेशमा समेत रोक लगाउने निर्णय गरिएको थियो ।