टोटेन्ह्यामले यी प्रशिक्षकहरु मध्ये एकलाई नियुक्त गर्न सक्ने

टोटेन्ह्यमका पुर्व प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त भए पछी कार्यवाहक प्रशिक्षकको जिम्मा पाएका रायन मेसन पछी अर्को सिजनका लागी यि प्रशिक्षकहरु नियुक्त हुने सम्भावना उच्च देखिन्छ:
१.एरिक टेन ह्यग
हाल नेदरल्यान्डको क्लब एज्यक्सको प्रशिक्षकका रूपमा अनुबन्धित एरिक टेन ह्यग अर्का सिजन भने पदमुक्त हुनेभएकाले उनको टोटेन्हममा जाने सम्भावना उच्च देखिन्छ।
२.मौरिजिओ सारी
इटालियन क्लब युभेन्टसका पुर्व प्रशिक्षक मौरिजिओ सारी हाल कुनै पनि क्लबसंग अनुबन्धित छैनन । चेल्सी र युभेन्टस जस्ता ठुला क्लबलाई प्रशिक्षण दिइसकेका सारीको पनि टोटेन्हमको नयाँ प्रशिक्षक हुने संभावना रहेको छ।
३.राफयल बेनिटेज
लिभरपुल, रियल म्याड्रिड र चेल्सी जस्ता क्लबलाई सम्भालिसकेका राफयल बेनिटेज पनि टोटेन्हमका प्रशिक्षका रूपमा लन्डन जान सक्नेछन्।
४.रायन मेसन
हाल कार्यवाहक प्रशिक्षकको जिम्मा पाएका टोटेन्हमकै पुर्व खेलाडी २९ वर्ष का रायन मेसन पनि स्थायी प्रशिक्षका रूपमा देखिन सक्ने सम्भावना रहेको छ। उनको भविस्य भने उन्को हालको प्रदर्शनले नै निर्धारण गर्नेछ ।