टोटेन्ह्याममाथी म्यान्चेस्टर युनाइटेडको महत्त्वपूर्ण जित

इङलिस प्रेमिएर लिग अन्तर्गत बुधबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले टोटेन्ह्यामबिरुद्ध २-१ को जित दर्ता गरेको छ ।

खेलमा युनाइटेडका मार्कोस रास्फोर्डले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

३९ औं मिनेटमा टोटेन्ह्यामका डेलि आलिले गोल गर्दै खेल १-१ को बराबरीमा ल्यायो ।

दोस्रो हाफ सुरु भएको ४ मिनेट पछि फेरि मार्कोस रास्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाउन सफल भयो ।

जित संगै म्यान्चेस्टर युनाइटेड छैटौं स्थानमा उक्लन सफल भएको छ भने टोटेन्ह्याम ८ औं स्थानमा रहेको छ ।