टोटेन्ह्यामको उत्कृष्ट पुनरागमन जित

इङलिस प्रेमिएर लिग अन्तर्गत बिहीवार भएको खेलमा ब्राइटनबिरुद्ध २-१ को जित हात पारेको छ ।

खेलमा ब्राइटनले ३७ औं मिनेटमा वेब्स्टरको गोल मार्फत अग्रता लिएको हो ।

५३ औं मिनेटमा टोटेन्ह्यामका ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

७२ औं मिनेटमा डेलि अलिले गोल गर्दै टोटेन्ह्यामलाइ २-१ को पुनरागमन जित दिलायो ।

जितसंगै टोटेन्ह्याम पाचौं स्थानमा उक्लन सफल भएको छ भने ब्राइटन १३ औं स्थानमा रहेको छ ।