“टोटेनह्याम गोली बिना बन्दुकको लडाईमा जान बाध्य छ”- मोरिन्हो

टोटेनह्यामका प्रबन्धक जोसे मोरिन्होले क्लबको चोटपटकको अवस्थालाई लडाईमा गोली बिनाको बन्दुकसंग तुलना गरेका छन्।

टोटेनह्याम च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगको खेलमा आरबी लाइपजिगसंग १-० ले पराजित भएको छ।

स्पर्सले चोटपटकको कारण आफ्नो स्टार खेलाडीहरु ह्यारी केन र हेउंग-मीन सन गुमाएका थिए ।

“केटाहरूले सक्ने सबै गरे,” उनले भने।

“लामेला [विकल्पका खेलाडी मध्ये एक] – तपाईलाई थाहा छ टोलीसँग उनले कति प्रशिक्षणमा भाग लिए? शून्य। फिजियो कोठाबाट प्रत्यक्ष च्याम्पियन्स लिगको खेलमा २० मिनेट सम्म।

“यो अवस्था बिना गोलीको बन्दुकको लडाईमा जाने जस्तो छ।

“तपाईं भन्न सक्नुहुनेछ कि हाम्रो केहि राम्रो क्षण पनि थियो, तर एक राम्रो गोलकीपरले दुई उत्कृष्ट बचाऊ गरे।