“टोटेनह्यामले बार्सिलोनालाई कडा चुनौती दिन सक्षम छ”

टोटेनह्यामका प्रबन्धक जोस मोरिन्हो विश्वास गर्छन् कि उनको पक्ष युरोपमा शीर्ष टोलीलाई चुनौती दिन तयार छ।

समूह चरणमा बायरन म्युनिकसँग खेल बाकी भए पनि स्पर्स प्रतियोगिताको नकआउट चरणमा पुगिसकेको छ र मोरिन्होको विश्वास छ कि यदि क्लबलेअनुकूल ड्र प्राप्त गर्न सके क्लब प्रतिस्पर्धामा जान सक्छन्।

“हामी दोस्रो चरणमा छौ। हामी नाक आउटमा पुगेका छौं।

“हामी समूहको दोस्रो स्थानमा छौ र सम्भावनाहरु छ अन्तिम १६मा हामी बार्सिलोना, पिएसजी जस्ता क्लबहरू संग खेल्न पर्ने छ।

“ठूला क्लबहरू हाम्रो प्रतीक्षामा हुनेछ, यो हाम्रो लागि गाह्रो हुनेछ।”- पत्रकारलाई मोरिन्होले भने

“र मलाई लाग्छ कि यो उनीहरूको लागि पनि गाह्रो हुनेछ किन भने टोटेनह्यामले बार्सिलोना, पिएसजी वा अन्य ठुलो क्लबहरुलाई कडा चुनौती दिन सक्षम छ”