टोटेनह्यामका लोरीस र सन बीच भएको झगडाको पुरा फुटेज सार्वजनिक

गत सिजन टोटेनह्यामका ह्युगो लोरीस र सन ह्युङ-मिन बीच एभर्टन बिरूद्धको खेलमा झगडा भएको थियो। खेलको पहिलो हाफ अन्त्य भएको बेला कप्तान लोरीस र सन बीच केहि झगडा भएको थियो।

सो घटना पछि फुटबल फ्यानहरुको मन भित्र धेरै प्रस्न थिए र सो घटना ’bout कहिले पनि पुरा जानकारी आएको थिएन तर अमेजनले निर्माण गरेको टोटेनह्यामको गत सिजन’bout डकुमेन्ट्री ‘अल अर नथिंग’ मा सो घटना राम्रो संग प्रस्तुत गरिएको छ।

सो डकुमेन्ट्रीले मैदानमा भएको झगडा पछि ड्रेसिंग रुम भित्र भएको थप घटना राम्रो संग देखाएको छ।

हाफ टाइम अघि सनलाई दिएको पास सनले लिन न सकेको थियो जसको कारण एभर्टनले आक्रमण गर्ने मौका पायो तर उक्त आक्रमणले गोल भने भएको थिएन।

सो घटना पछि पहिलो हाफको अन्त्य भयो र स्पर्सका कप्तान लोरीस आफ्नो स्टार फोवार्ड सन संग बहस गर्न पुगे र झगडा भएको देख्न सकिन्थ्यो र सो डकुमेन्ट्रीले देखाएको छ कि लोरीसले सनलाई मैदानमा बलको लागि दौड लगाउन जोर दिएको थिए ।

डकुमेन्ट्रीले ड्रेसिंग रुम भित्र भएको झगडा पनि राम्रो संग देखाएको छ र सो झगडा तोड्न स्पर्सका अरु खेलाडीले लोरीसलाई शान्त गर्न प्रयास गरेको पनि देखिन्थ्यो।

लोरीसले सनलाई भनेको सुन्न सकिन्छ: “यो तिम्रो लागि समान हो, ह्यारीको लागि पनि उस्तै हो, लुकासको लागि पनि त्यस्तै हो।

“दौड लगाउ! एक मिनेट बाँकी थियो ! एक मिनेट, हामीले झन्डै गोल खाएका थियौं।”

मोरिन्होले जीत पछि उक्त झगडालाई “सुन्दर” भनेर वर्णन गरे। हाल लोरीस र सन बीच केहि नराम्रो सम्बन्ध छैन र दुईले एक अर्काका प्रसंसा पनि गरे भने सो घटनाले टिमका खेलाडीहरु भित्रको जोशलाई देखाएको धेरैको विश्वास छ। ।