टोटेनह्यामका खेलाडीहरु बीच खेलको क्रममा झगडा भए पछि

टोटेनह्यामका ह्युगो लोरीस र सन ह्युङ-मिन बीच एभर्टन बिरूद्धको खेलमा झगडा भएको देखिन्थ्यो। खेलको पहिलो हाफ अन्त्य भएको बेला कप्तान लोरीस र सन बीच केहि झगडा भएको थियो ।

सो समय टोटेनहम टोटेनह्याम खेलमा १-० ले अग्रणी रहे पनि खेलाडीहरू बीच केहि समस्या रहेको देखिन्छ।

हाफ टिम अघि सनलाई दिएको पास सनले लिन न सकेको थियो जसको कारण एभर्टनले आक्रमण गर्ने मौका पायो तर उक्त आक्रमणले गोल भने भएको थिएन।

सो घटना पछि पहिलो हाफको अन्त्य भयो र स्पर्सका कप्तान लोरीस आफ्नो स्टार फोवार्ड सन संग बहस गर्न पुगे र झगडा भएको देख्न सकिन्थ्यो।

झगडा तोड्न स्पर्सका अरु खेलाडीले लोरीसलाई शान्त पर्न कोसिश प्रयास गरेको पनि देखिन्थ्यो।