टोटेनहमले प्रिमियर लिग जित्छः केन

टोटेनहमका खेलाडी ह्यारी केनले आफ्नो क्लबले यो सिजनको प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्ने बताएका छन्।

टोटेनहमले यो सिजनको पहिलो खेलमा एस्टोन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । यो खेलमा केनले २ गोल गरेका थिए ।

केनले भने “हामी गत सिजन कडा भएर प्रस्तुत हुन सकेनौं तर यो सिजन हाम्रो प्रदर्शनमा फरकपन हुनेछ। “हामीले प्रिमियर लिग जित्न सक्ने सम्भावना पहिलो खेलमा नै देखाइसकेका छौं।”

“हामी सबै खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै जानेछौ, हेरौँ धरै खेलहरु खेल्न बाँकी छ। हाम्रो खेलाडीको उत्कृष्ट प्रदर्शन हेर्दा हाम्रो जित पक्का छ,” केनले भने ।

केनले गत सिजन टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए तर फाइलनमा भने टोटेनहम लिभरपुलसँग २-० ले पराजित भएको थियो।