टोटनह्याम आफ्नो स्टार खेलाडी बेच्न तयार हुने

प्रिमियर लिग क्लब टोटनह्याम आफ्नो स्टार स्ट्राइकर ह्यारी केनलाई बेच्न तयार हुन सक्ने खबर छ। द सनका अनुसार केन क्लब छोड्न इच्छुक छन् र उनले टोटनह्यामका मालिक डेनियल लेवीलाई आफ्नोलाई आएको प्रस्तावहरू सुन्न आग्रह गरेका छन्।

२७ वर्षका स्ट्राइकरले क्लब छोड्ने आफ्नो इच्छा व्यक्त गरेका छन्। क्लब उपाधि जित्न असफल रहे पछि उनी क्लबमा असन्तुष्ट रहेका थिए। यो सिजन पनि उपाधि विहीन भए पछि केनले क्लब छोड्ने धेरै चर्चा छ भने उनले क्लबलाई आफ्नो बिक्री गर्न अपिल गरेको पनि खबर छ।

उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक छन्। स्टार स्ट्राइकरको निकै राम्रो गोल रेकर्ड रहे पनि क्लब सँग उनी उपाधि जित्न असफल हुँदै आएका छन्।

 

पिएसजी, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी जस्तो क्लब उनलाई साइन गर्न इच्छुक रहेको खबर हुँदा आउँदो ट्रान्सफर विन्डोमा युनाइटेडले उनको लागि £९० मिलियनको प्रस्ताव पठाउने चर्चा रहेको छ।