एजेन्सी, टोटनह्याम आफ्नो अहिले सम्मकै सबैभन्दा ठुलो चुनैती रहेको क्लबका प्रशिक्षक एन्टोनियो कोन्टेले स्वीकार गरेका छन्। इटालियन प्रशिक्षक कोन्टे जुन २०२३ सम्मका लागि टोटनह्याममा प्रशिक्षकका रुपमा अनुबन्धित भएका हुन्।
क्लबले प्रशिक्षक नुनो स्प्रिरिटो सान्टोलाई नियुक्त गरेको ४ महिनामा नै बर्खास्त गरेर कोन्टेलाई प्रशिक्षकका रुपमा नियुक्त गरेका थिए। यसै वर्षको समर ट्रान्सफर विन्डोमा पनि उनी टोटनह्यामको नयाँ प्रशिक्षक हुन नजिक रहेको भनिएता पनि क्लब र कोन्टे बिच सम्झौता भने हुन सकेको थिएन।