टोटनह्याम अर्जेन्टिनियन डिफिन्डर भित्र्याउन नजिक

एजेन्सी, इङलिस क्लब टोटनह्याम हट्स्पर इटालियन क्लब अटाल्यान्टाका अर्जेन्टिनियन डिफिन्डर क्रिश्चियन रोमेरो भित्र्याउन नजिक छन्। रिपोर्टका अनुसार टोटनह्यम र रोमेरो बिच व्यक्तिगत सर्तहरुमा सहमति भइसकेको छ।

रिपोर्टका अनुसार टोटनह्यम र रोमेरो बिच २०२६ सम्म व्यक्तिगत सर्तहरुमा सहमति भएको हो। हाल टोटनह्यम र अटाल्यान्टा बिच उनको मुल्य बारे छलफल भइरहेको छ। दुवै क्लब बिच हाल सहमति भने भएको छैन।
२३ वर्षका अर्जेन्टिनियन डिफिन्डर रोमेरोले अटाल्यान्टाका लागि ४२ खेल खेलेका छन्। उनले अटाल्यान्टाका लागि ४२ खेल खेल्नुका साथसाथै ३ गोल पनि गरेका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि उनले ५ खेल खेलेका छन्। उनले कोपा अमेरिका अन्तर्गत आफ्नो राष्ट्रिय टोलिका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।