टोटनह्यामले तोक्यो केनको मुल्य

एजेन्सी, इङलिस क्लब टोटनह्याम हट्स्परले आफ्नो इङलिस स्टार स्ट्राइकर ह्यारी केनको मूल्य तोकेको छ। रिपोर्टका अनुसार टोटनह्यामले केनको मूल्य करिब २०० मिलियन पाउन्ड तोकेको हो। 

 

म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटि जस्ता क्लबहरु उनलाई भित्र्याउन इच्छुक भनिएका छन्। यसका साथसाथै म्यान्चेस्टर सिटिले उनका लागि टोटनह्यामसँग करिब १०० मिलियन पाउन्डको प्रस्ताव गरेको पनि भनिएको थियो। टोटनह्याम आफ्नो स्टार खेलाडी बेच्न अनिच्छुक भएकाले क्लबले केनका लागि उच्च मुल्य तोकेको देखिएको छ। रिपोर्टका अनुसार क्लबका अध्यक्ष ड्यानियल लेवि उनलाई क्लबमा नै राख्न चाहन्छन्।
उनी हाल २०२४ सम्मका लागि टोटेन्ह्याममा अनुबन्धित छन्। २७ वर्षका ह्यारी केनले टोटेन्ह्यामका लागि ३३६ खेलमा २२१ गोल गरि सकेका छन्।