टोटनह्यामले आफ्नो स्टार स्ट्राइकरको लागि यति रकम माग्ने

टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केन माथि धेरै क्लबहरूको नजर रहेको छ भने टोटनह्याम आफ्नो स्टार खेलाडी गुमाउन चाहँदैन। क्लबमा उपाधिको कमीको कारण ह्यारी केनले क्लब छोड्न सक्ने खबर आउने गरेको छ भने पिएसजी, म्यान सिटी र रियल जस्तो क्लबको नजर उनी माथि रहेको चर्चा हुँदै गर्दा टोटनह्यामले उनको मूल्य सेट गरेको छ।

खबर अनुसार स्पर्सले उनको लागि £१७५ मिलियनको माग गर्ने छ। स्पर्स उनलाई लिगको प्रतिद्वन्द्वी क्लबहरूमा गएको देख्न चाहँदैन र उनलाई रोक्न सके सम्म प्रयास गर्ने जानकारी छ भने उनको मूल्य £१७५ मिलियन राखेर क्लबहरूलाई टाढा राख्ने स्पर्सको योजना छ।

२७ वर्षका स्ट्राइकरको स्पर्समा निकै राम्रो खेल रहेको छ भने उनी क्लबको एक भरपर्दो गोलकर्ता बनेका छन्। क्लबमा उनको हाल प्रति हप्ता £२००,०००को तलब छ भने क्लब सँग उनको सम्झौतामा ३ वर्ष बाँकी छ।

पिएसजी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड जस्तो क्लब उनी माथि इच्छुक रहेको खबर छ भने उनको मूल्यले क्लबहरुलाई उनीबाट टाढा राख्न सक्ने छ।