‘टोटनह्याममा बेलको खराब फमको दोष रियल म्याड्रिडलाई’

रियल म्याड्रिडका स्टार ग्यारेथ बेल हाल लोनमा टोटनह्याममा छन् र बर्नले विरुद्ध उनले २ गोल गर्दै राम्रो खेले। स्पर्समा आए पछि यो उनको सबैभन्दा राम्रो प्रदर्शन रहेको छ तर उनले प्रिमियर लिगमा प्रदर्शन गर्न पनि धेरै समय पर्खेका थिए।

स्पर्सले पनि बेललाई धेरै प्रयोग गरेको थिएन र बर्नले विरुद्धको खेल पछि उनी फममा फर्केको धेरैको विश्वास छ र बेललाई किन धेरै समय लागेको बारे प्रश्न गर्न स्पर्सका कोच जोसे मोरिन्हो यसमा रियलको गल्ती रहेको सङ्केत गरे।

बेलको राम्रो फम फर्किन किन धेरै समय लागेको भनेर प्रश्न गर्दा मोरिन्होले भने : “गत दुई वर्षदेखि उनी म्याड्रिडमा थिए।

“उनीहरूलाई सोध्नुहोस्। यदि उनीहरूले तपाईँलाई जवाफ दिए भने तपाईँले बुझ्न सक्नुहुनेछ कि किन उनलाई फममा फर्किन केही समय लागेको छ।

“सायद उनले पछिल्लो दुई हप्तामा देखाएको खेलको स्तरमा पुग्नको लागि उनि मा धैर्य हुनु नै मुख्य कारण हो।”