टोटेनह्यामको जर्सी लगाएको फ्यानले खेल हारे पछि चेल्सीको जर्सी लगाएर स्टेडियम छाडे

‘सन’ लेखेको स्पर्सको जर्सी लगाएका एक फुटबल फ्यानले खेल अन्त्य भए पछि ‘लाम्पार्ड’ भएको चेल्सी शर्ट निकालेर लगाए ।

चेल्सीका विलियनको दोहोरो गोल पछि चेल्सीले २-० ले खेल जितेको थियो ।

सबै दर्शक विजयी पक्षमा हुन चाहान्छ र एक फ्यानले आफ्नो इच्छा अनौंठो तरिकाले पुरा गरे।।

सामाजिक संजालमा केहि तस्विरहरु भाइरल भएको छ जस्मा एक फ्यानले स्पर्स शर्ट लगाएको थियो जसको पछाडी कोरियाली स्टार सनको नाम थियो र खेल हार्ने बितिकै उनले विपक्ष टोलिको जर्सी निकालेर लगाए जस्मा लाम्पार्ड नाम रहेको थियो।

सनको प्रदर्शन हिजो केहि विवादास्पद पनि रह्यो, एन्टोनियो रुडिगर माथि चुनाती पछि उनि रातो कार्डको साथ मैदान छोड्न बाध्य भए, सो कारण पनि उक्त फ्यानले आफ्नो ‘सन’ शर्टलाई बदली गरेको हुन सक्छ ।