टोटनह्यामका स्टार मिडफिल्डर साइन गर्न प्रयास गर्दै पिएसजी

पेरिस सेन्ट-जर्मेन जनवरीको विन्डोमा टोटनह्यामका स्टार मिडफिल्डर डेली एली साइन गर्न प्रयास गर्ने तयारीमा रहेको खबर छ।

फ्रेन्च क्लबले सिजन अगाडी उनलाई हस्ताक्षर गर्न कोशिस गरे तर स्पर्सका अध्यक्ष डानियल लेवीले सम्झौता गर्न अस्वीकार गरे र खबर अनुसार अब पिएसजी आउँदो ट्रान्सफर विन्डोमा फेरी पनि उनलाई साइन गर्न प्रयास गर्ने छन्।

मिडफिल्डरको स्पर्स अनिश्चित रहेको छ उनले अहिले सम्म केवल १ लिग खेल खेलेका छन् भने मोरिन्होले उनलाई धेरै प्रयोग गरेका छैनन्।

२४ बर्सका डेली एलीले हाल सम्म स्पर्सको लागि २३० खेलमा ६४ गोल गरेका छन् भने ५६ असिस्ट पनि गरेका छन्। हाल क्लबमा आफ्नो स्थतिबाट उनि खुसी छैनन् र उनले पनि क्लब छोड्ने निर्णय लिन सक्ने खबर छ।