टोटनह्यामका स्टार माथि रियल म्याड्रिडको चासो

टोटनह्यामका स्टार साइन गर्न रियल म्याड्रिड इच्छुक रहेको खबर छ। खबर अनुसार रियल म्याड्रिडको चासो टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनमा रहेको छ।

२७ बर्षेका स्टारको यो सिजन पनि राम्रो प्रदर्शन जारी रहेको छ। हाल सम्म १७ खेलमा उनले १४ गोल गरेका छन् भने १२ असिस्ट पनि उनको नाममा रहेको छ। उनको राम्रो प्रदर्शनको मद्दतमा हाल स्पर्स लिगको शीर्ष स्थानमा रहेको छ।

खबर अनुसार उनको उत्कृष्ट प्रदर्शनको कारण उनि माथि रियलको चासो फेरी सुरु भएको छ। पहिले पनि उनि रियलको लक्ष्य रहेका थिए भने रियलले केहि समय देखि आफ्नो ध्यान अन्य खेलाडीमा लागेको थियो र खबर अनुसार हाल रियल फेरी पनि उनलाई साइन गर्न इच्छुक भएका छन्।

जिदान पनि उनको खेलबाट प्रभावित रहेको खबर छ भने आउँदो विन्डोमा रियलले उनलाई साइन गर्न प्रयास गर्न सक्ने खबर छ।