टोटनह्यामका ट्रिपिएर मड्रिड जाने पक्का

इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका डिफेंडर किरन ट्रिपिएर स्पेनिस क्लब एथ्लेटिको मड्रिड जाने लगभग पक्का भएको छ।

टोटनह्यामसँगको उनको सम्झौता सन् २०२२ सम्म भए पनि २८ वर्षका इंग्लिस खेलाडी २० मिलियन पाउण्डमा एथ्लेटिको मड्रिड जान लागेको हो। उनी बर्नलीबाट टोटनह्याम छिरेका थिए।

च्याम्पियन्स लिग फुटबलको फाइनल खेलेका उनले टोटनह्यामबाट १०० खेलमा सहभागिता जनाएका छन्।

एथ्लटिको मड्रिडले यो बर्ष अनुबन्धित गर्न लागेका उनी तेस्रो खेलाडी हुन्।