टोटनह्यामका एसियन स्टार साइन गर्न इच्छुक रियल म्याड्रिड

रियल म्याड्रिड टोटेनह्याम स्टार सन ह्युङ-मिन साइन गर्न इच्छुक रहेको खबर छ। दक्षिण कोरियाली स्टारको प्रदर्शन टोटनह्याममा निकै राम्रो रहेको छ भने उनि र ह्यारी केन बीचको साझेदारी उत्कृष्ट हुदै आएको छ।

टर्कीका पत्रकार एकरेम कोनुरका अनुसार, रियल म्याड्रिडले टोटेनह्यामका एसियन स्टार साइन गर्न इच्छुक छन् र सम्भावित सम्झौताको लागि के आवश्यक पर्ने भन्ने’bout थप जानकारीको लागि वार्ता गर्नेछन्।

रियल म्याड्रिडका कोच जिनेदिन जिदान पनि सनको ठूलो प्रशंसक हुन्, टोटेनह्याममा उनको सम्झौता २०२३ हुने छ र उनलाई क्लब छोड्न दिन स्पर्सले ठुलो रकमको माग गर्ने सक्ने छ।

दुई क्लबहरूको बीच धेरै राम्रो सम्बन्ध छ। दुई बीच ग्यारेथ बेल, लुका मोड्रिच र सर्जियो रेगुइलनको सम्झौता भएको छ।