टोटनह्यामका एसियन स्टार साइन गर्न इच्छुक युभेन्टस

LONDON, ENGLAND - FEBRUARY 02: Heung-Min Son of Tottenham Hotspur celebrates victory during the Premier League match between Tottenham Hotspur and Manchester City at Tottenham Hotspur Stadium on February 02, 2020 in London, United Kingdom. (Photo by Catherine Ivill/Getty Images)

युभेन्टस टोटेनह्यामका स्टार सन ह्युङ-मिन साइन गर्न इच्छुक रहेको खबर छ। दक्षिण कोरियाली स्टारको प्रदर्शन टोटनह्याममा निकै राम्रो रहेको छ भने उनी र ह्यारी केन बिचको साझेदारी उत्कृष्ट हुँदै आएको छ।

हाल खबर अनुसार, युभे टोटेनह्यामका एसियन स्टार साइन गर्न इच्छुक छन् हाल स्पर्सको लिगमा प्रदर्शन खराब रहेको छ भने स्पर्स च्याम्पियन्स लिगमा पुग्न पनि असफल भएको थियो जसको कारण स्टार खेलाडीहरूले क्लब छोड्न सक्ने कुरा रहेको बेला युभेको नजर सनमा रहेको छ।

यो सिजन २८ वर्षका स्टारको १३ गोल र ६ असिस्ट रहेको छ। उनलाई साइन गर्न युभे £७८ मिलियन खर्च गर्न तयार हुने खबर छ।

खबर अनुसार युभेन्टसले सनको लागि गर्मीको ट्रान्सफर विन्डोमा प्रयास गर्ने छ।