अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्को वर्ष हुने टोकियो ओलम्पिकको फुटबलमा सहभागी हुने पुरुष खेलाडीको उमेर २३ बाट बढाएर २४ पुर्याएको छ ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रतियोगिता एक वर्ष पछाडि सारिएको थियो।
त्यसै कारण खेलाडीको उमेर खुकुलो पारेर एक वर्ष बढाइएको हो। अब यस वर्ष २३ वर्ष पुगेर ओलम्पिक्स खेल्न योग्य खेलाडीले पनि अर्को वर्ष टोकियोमा खेल्न पाउने छन्।
ओलम्पिक्स पुरुष फुटबल टिम १६ सदस्यीय हुनेछ र त्यसमा तीन जना बढी उमेरका खेलाडीले पनि खेल्ने पाउने नियम हुन्छ। टोकियो ओलम्पिक्स अब सन् २०२१ को जुलाइ २३ बाट सुरु हुनेछ।
@Kantipur