हाल ब्राजिलमा टेलर स्विफ्ट ट्रेंडिंगमा छिन् र सो कुरा को कारण निकै अनौंठो र फुटबल सम्बन्धित रहेको छ। ब्राजिलियन क्लब कोरिन्थीयन्सको साओ पाउलो बिरुद्धको १-०को जित पछि प्रसिद्ध अमेरिकी गायिका टेलर स्विफ्ट ट्रेंडिंगमा आएकी छिन् र कोरिन्थीयन्सका फ्यानहरुको विश्वास छ कि टेलर स्विफ्टले एल्बम रिलीज गरेको हप्ता कोरिन्थीयन्सले खेल हारेको छैन।
Corinthians 🤝 Taylor Swift.
Corinthians fans celebrate the latest application of the ‘Taylor Swift rule’ 👀
Some good working out here…
👉 https://t.co/zf8s8DuVdC pic.twitter.com/iOpyiO5Gbc
— BBC Sport (@BBCSport) December 14, 2020
फ्यानहरुको विश्वास रहेको छ कि २००६ देखि अहिले सम्म टेलर स्विफ्टको एल्बम रिलीज भएको हप्ता कोरिन्थीयन्सले खेल हारेको छैन र हालै टेलर स्विफ्टले आफ्नो नयाँ एल्बम रिलीज गरेकी थिइन र कोरिन्थीयन्सले साओ पाउलो बिरुद्ध जित हासिल गरे पछि फ्यानहरुको सो विश्वास अझै जारी रहेको छ।
#️⃣ | “Taylor Swift” is trending in Brazil with over 120K tweets after the @Corinthians football team won — they believe it’s due to superstitions dating back to 2006 that they never lose a game when Taylor releases an album
(Screenshot by @TimaoDados) https://t.co/mkBPV7n31I pic.twitter.com/0anCp8Rznv
— Taylor Swift News (@TSwiftNZ) December 14, 2020
ब्राजिलियन क्लब कोरिन्थीयन्सले आफै पनि सो कुरामा विश्वास गर्ने देखिन्छ र ट्वीटरमा कोरिन्थीयन्सले टेलर स्विफ्टको गीत पोस्ट गरेको थियो।