टेनिसका लेजेण्ड मेस्सीका समर्थक

टेनिस लेजेण्ड रोजर फेडेररले लियोनल मेस्सीको समर्थक भएको बताएका छन् । फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा आफू लियोनल मेस्सीको ठूलो समर्थक भएको बताएका हुन् ।

फेडेररका अनुसार मेस्सीले विश्वको फुटबलमा एक दशकदेखि आफ्नो राज गरिरहेका छन् । मेस्सीले आफ्नो करियरमा पाँचवटा बालोन डी’ओर जितिसकेका छन् र उनी आफू रोकिने कुनै पनि संकेत देखाएका छैनन् । ३२ वर्षको उमेर कटिसके पनि अझै फुटबलमा आफ्नो करामत देखाउन भने छाडेका छैनन् ।

मेस्सीले यो सिजनमा बार्सिलोनाबाट ५१ गोल गरिसकेका छन् । मेस्सीले २०१८-२०१९ को च्याम्पियन्स लिग सिजनमा १२ गोल गर्दै सर्वाधिक गोलकर्ताको रुपमा रहेका थिए । फेडेररलाई पनि कुनै परिचय दिनुपर्दैन । टेनिसको इतिहासमा उनी ठूला खेलाडी हुन् । उनले २० ग्राण्डस्लाम टाइटल जितिसकेको छन् ।

उनी भन्छन्,“म सधैँ मेस्सीको समर्थक हुँ, मलाइ मेस्सीको बारेमा मन पर्ने कुरामध्ये प्रमुख कुरा मेस्सीको खुट्टामा भएको धरै जसो बल गोलको लागि हुन्छ । उनीसँग पूरा दृष्टि छ ।”