“टुचेल पनि दुई वर्ष भित्र चेल्सीद्वारा बर्खास्त हुनेछन्”

Paris Saint-Germain's German head coach Thomas Tuchel (L) speaks with Paris Saint-Germain's Brazilian forward Neymar (C) during a training session in Shenzhen on August 1, 2019, ahead of the French Trophy of Champions football match between Rennes and Paris Saint-Germain. (Photo by FRANCK FIFE / AFP) (Photo credit should read FRANCK FIFE/AFP/Getty Images)

म्यान्चेस्टर युनाइटेड लेजेण्ड ग्यारी नेभिलको दाबी छ कि थोमस टुचेललाई पनि चेल्सीले फ्रयान्क लाम्पार्डलाई जस्तै व्यवहार गर्ने छ र यदि चेल्सीले सोचेको जस्तो प्रदर्शन नगरे दुई सिजन भित्र उनि पनि बर्खास्त हुने नेभिलको विश्वास छ।

१८ महिना पछि चेल्सीका मालिक रोमन अब्रामोविचले क्लब लेजेण्ड फ्रयान्क लाम्पार्डलाई बर्खास्त गर्ने निर्णय लिए भने पुर्व युनाइटेड स्टार ग्यारी नेभिलले चेल्सीको सो नीतिको आलोचना गरे।

नेभिलेले सोमबार स्काई स्पोर्ट्स न्यूजलाई भने: ‘टुचेलले पनि फ्रान्कले सामना गरेको त्यस्तै नियमहरूको सामना गर्ने छन् र हामी उनको ’boutमा पनि १८ महिना, दुई बर्ष पछि यस्तै भन्नेछौं।’

रुसी व्यवसायीले २००३ मा क्लबको नेतृत्व लिए देखि टुचेल हाल चेल्सीको १५औ म्यानेजर हुने छन्।

म्यान्चेस्टर युनाइटेड लेजेण्ड ग्यारी नेभिलले पुर्व पिएसजी कोचलाई चेतावनी दिए भने फ्रयान्क लाम्पार्डको समर्थनमा बोले।

“फ्रान्कसँग नयाँ खेलाडीहरूको नयाँ सेट र थोरै समय थियो। खर्चको साथ सधैं अधिक आशा आउने गर्छ र हामीलाई थाहा छ कि चेल्सीमा के हुन्छ जब आशा आउँछ र पुरा हुन्दैन।”